दोलखा- नेपाली बजारमा सुनको मूल्यले निरन्तर रेकर्ड ब्रेक गरिरहेको छ। सुनको मूल्यले आइतबार नयाँ रेकर्ड बनाएको थियो भने आज सोमबार पनि थप रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार थियो भने सोमबार प्रतितोला १ हजार ७०० रुपैयाँले बढेर २ लाख ५ हजार ३०० मा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला २ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।